बेइमानी गरेको प्रमाण दिनुस्, अर्थमन्त्री र राजनीति होइन सार्वजनिक जीवननै त्यागिदिन्छु : अर्थमन्त्री

बेइमानी गरेको प्रमाण दिनुस्, अर्थमन्त्री र राजनीति होइन सार्वजनिक जीवननै त्यागिदिन्छु : अर्थमन्त्री
सुन्नुहोस्

काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन्। बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै छबि धमिल्याउन नियोजित रुपमा मानिसहरू लागेको दाबी गरेका हुन्।

समितिको बैठकमा बजेट बनाउँदा करको दर चुहावट गरेका कारण बजेट सार्वजनिक नहुँदै इभी आयात भएको बताउँदै अर्थमन्त्री र मातहतका निकायमाथि छानबिन गर्नुपर्ने सांसदले माग गरेका थिए। 

जवाफमा अर्थमन्त्री वाग्लेले भने,‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु, यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरुमा छ ?’

 वाग्लेले विद्युतीय सवारीसाधनमा पिक पावरको नाममा भइरहेको विकृतिलाई अन्त्य गर्न मूल्यका आधारमा कर लगाउने व्यवस्था गरिएको बताए। उनले इभीका विषयमा महालेखाले अर्बौ रुपैयाँ बेरुजु लेखेको कारण यो विषय सम्बोधन गर्नैपर्ने आवश्यकता भएकाले गरिएको दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.