परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने
फाइल तस्बिर।
सुन्नुहोस्

 

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको आन्तरिक तयारी भइरहेको छ भने भ्रमणको मिति र विस्तृत तालिका छिट्टै सार्वजनिक गरिनेछ । खनालले गएको सातामात्रै भारतको तीनदिने औपचारिक भ्रमण गरेका थिए ।

बुधबार मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा मन्त्री खनालले राष्ट्रिय हितका विषयमा सरकार, राजनीतिक दल, राज्यका निकाय तथा सञ्चार क्षेत्रबीच साझा धारणा आवश्यक रहेको बताए ।

उनले विदेशस्थित नेपाली नियोगमा आवश्यकताअनुसार जनशक्ति र पूर्वाधार सुदृढ गर्ने, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई थप प्रभावकारी बनाउने तथा राहदानीको बायोमेट्रिक प्रणालीमा देखिएका चुनौती समाधान गर्ने योजना रहेको जानकारी दिए ।

आफ्नो हालैको भारत भ्रमण उपलब्धिमूलक रहेको उल्लेख गर्दै खनालले द्विपक्षीय हितका विषयमा भारतीय समकक्षीसँग सकारात्मक छलफल भएको उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.