प्रतिनिधि सभा बैठक

प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग गर्दै विपक्षी दलले गरे विरोध

प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग गर्दै विपक्षी दलले गरे विरोध
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाहलेको सीमा सम्बन्धी अभिव्यक्ति हटाउनुपर्ने माग गर्दै आज पनि विपक्षी दलले विरोध गरेका छन्।  बुधबारको प्रतिनिधिसभा बैठकमा शुन्य समय सकिएपछि विपक्षी दलहरूले अवरोध कायमै राखेका हुन्।

प्रधानमन्त्री शाहले संसद् बैठकमा नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको अभिव्यक्ति दिएपछि विपक्षीले प्रधानमन्त्रीले माफी माग्नुपर्ने र प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने निरन्तर माग राख्दै आएका छन्।

बैठकमा एमालेका प्रमुख सचेतक ऐन महर, नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलको प्रमुख सचेतक युवराज दुलाल, श्रम सँस्कृति पार्टीका अध्यक्ष लगायतले  अभिव्यक्ति सच्याउनु पर्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.