बिचौलिया नबन्न आग्रह

मुख्य सचिव अर्यालको निर्देशन- डबल स्ट्यान्ड नदेखाउनू, हुने काम गरौं, नहुने काम हुँदैन भन्नू

मुख्य सचिव अर्यालको निर्देशन- डबल स्ट्यान्ड नदेखाउनू, हुने काम गरौं, नहुने काम हुँदैन भन्नू
सुन्नुहोस्

काठमाडौं : मुख्य सचिव एकनाराण अर्यालले कार्य सम्पादन र सुशासन कायम गर्न दोहोरो चरित्र (डबल स्ट्याण्ड) नदेखाउन मातहतलाई निर्देशन दिएका छन्। आइतबार पदवहाली गर्दै मुख्य सचिव अर्यालले इमान्दार भएर  सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन दिएका हुन्।

null

प्रहरी,निजामती,शिक्षकलगायत सार्वजनिक प्रशासनप्रति जनताका धेरै नकारात्मक गुनासाहरू आएको बताउँदै उनले यसलाई चिर्नेगरी कार्यसम्पदान गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका हुन्।

'सेवा प्रवाहमा जनताबाट धेरै गुनासाहरू आएका छन् । ती गुनासाहरूको सम्बोधन हुनेगरी काम गर्नुपर्‍यो।  त्यसलाई चिर्नु पर्‍यो। निजामती प्रशासनले आफ्ना मूल्य मान्यतामा रहेर जनतालाई सेवा दिनुपर्यो,'मुख्यसचिव अर्यालले भने,'जनतालाई महशुस हुनेगरी सेवा दिनुपर्छ। त्यसका लागि म समन्वयनका लागि तयार छु।'

null

उनले विकास निर्माण,सेवा प्रवाह र तीनै तहको सरकारसँग समन्वयन र व्यवस्थापनमा कुनै कमी हुन नदिने बताए। मुख्यसचिव अर्यालले पदको दुरूपयोग गरेर कुनै पनि काम नगर्न कर्मचारीलाई निर्देशन समेत दिए। उनले सेवाग्राहीलाई मार पर्ने कुनै पनि काम नगर्न आग्रह गरे। मुख्यसचिव अर्यालले भने,'हुन्छ भने हुन्छ भन्नू, हुन्न भने हुन्न भन्नू तर, सेवाग्राहीको काम रोकेर नराख्नू।'

राष्ट्र सेवक कर्मचारमा राष्ट्रिय भावनाको कमि देखिएको भन्दै उनले कर्मचारीमा राष्ट्रिय भावना बढ्नुपर्ने बताए। उनले संघीयताको सवलीकरण गर्न आवश्यक कानुनहरू निर्माणमा आफू तदारुकताका साथ लाग्ने बताए।  उनले संघीय निजामति ऐन,संघीय प्रहरी ऐन,शिक्षा ऐनलगायत तत्काल अघि बढाउने बताए।

null

काम नगरेकै कारण निजामति कर्मचारीको आलोचना भइरहेको उनको भनाइ छ। 'कर्मचारीहरू सिंहदरबारमा मात्रै थुप्रिने तर,नजिकैको काठमाडौं जिल्ला प्रशासनमा कर्मचारीको अभाव हुने गरेको छ,यसको अन्त्य गर्छु,'उनले भने।

मुख्यसचिव अर्यालले सिंहदरबारमा कर्मचारी हाजिर गरेर भाग्ने प्रवृत्ति रोकिनुपर्नेमा जोड दिए। उनले कर्मचारीलाई बिचौलिया भएर काम नगर्न र बिचौलियालाई प्रवेश गर्न नदिन समेत आग्रह गरे।

null


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.