नेपाल-चीनबीच भएका सम्झौता कार्यान्वयनमा पहलकदमी गर्छु : प्रस्तावित राजदूत ओली

नेपाल-चीनबीच भएका सम्झौता कार्यान्वयनमा पहलकदमी गर्छु : प्रस्तावित राजदूत ओली
सुन्नुहोस्

काठमाडौं : संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ सुरू गरेको छ । समितिले आइतबारबाट विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ सुरू गरेको हो । आइतबार चीनका लागि प्रस्तावित नेपाली राजदूत कृष्णप्रसाद ओली,डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरलगायतसँग समितिले सुनुवाइ गरेको थियो । 

सो क्रममा प्रस्तावित राजदूतहरूले आ–आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए। चीनका लागि प्रस्तावित नेपाली राजदूत ओलीले चीन–नेपालबीच भएका सम्झौता कार्यान्वयनमा आफूले पहदकदमी लिने बताए। नेपालका विभिन्न क्षेत्रहरूमा चिनियाँ लगानी प्रवर्द्धन गर्न पहल गर्ने,नाका खोल्ने र खोलेका नाकालाई व्यवस्थित गर्नका लागि पनि आफूले काम गर्ने उनले बताए।

१७ देशका लागि प्रस्तावित राजदूतविरुद्ध समितिमा १० वटा उजुरी परेका छन् । यसअघि समितिले शुक्रबार उजुरीकर्ताहरूसँग छलफल गरेको थियो । समितिले २२ गतेसम्म निरन्तर प्रस्तावित राजदूतको सुनुवाइ गर्ने र भदौ २४ गते र २५ गते छलफल गरी निर्णय गर्ने गरि कार्यतालिका बनाएको छ । 

सरकारले साउन १४ गते विभिन्न १७ देशका लागि राजदूत सिफरिस गरेको थियो । संविधानअनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.