शेर्पाको साहसका कारण सगरमाथा विश्वमा चिनिएको छ : मन्त्री पाण्डे
काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पाहरूको साहसका कारण नै सगरमाथा विश्वमा चिनिन मद्दत पुगेको बताएका छन्। ओखलढुङ्गा जिल्ला खिजीदेम्बा गाउँपालिकाले आयोजना गरेको सगरमाथा आरोहीहरूलाई सम्मान कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले शेर्पाहरूको साहसका कारण नै सगरमाथा विश्वमा चिनिए थप मद्दत पुगेको बताएका हुन्।
मन्त्री पाण्डेले भने,'डोरी बाट्नेदेखि आारोहीलाई शिखरमा पुर्याउने काममा शेर्पाहरूले गर्दा नै पर्वतारोहण सहज सफल भएको हो। शेर्पाको कारण नै सगरमाथा विश्वमा थप चिनिएको हो ।'
कार्यक्रममा सगरमाथाको सफल आरोहण गर्ने खिजीदेम्बा गाउँपालिका भित्रका ४६ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा कान्छो सगरमाथा आरोही जम्बले शेर्पादेखि २२ पटक सगरमाथा आरोहण गर्ने जाङ्बु शेर्पासम्म छ्न् ।
पालिकाको सद्भावना दूतमा कुङ्गा शेर्पालाई घोषणा गरिएको थियो ।