प्रतिनिधिसभा बैठक बस्दै, तीनमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक बस्दै, तीनमन्त्रीले सदनमा उठेका प्रश्नको जवाफ दिने
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : संघीय संसदअन्तरगतको प्रतिनिधिसभा बैठक बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने दैनिक कार्यसूचीमा उल्लेख छ।

सहरी विकास मन्त्रालय,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालयसम्बन्धी मौखिम प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ। कार्यसूचीअनुसार सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यविधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन्। 

बैठकमा शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले राष्ट्रिय सभामा उत्पत्ति भएको 'नेपाल विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१' र 'सार्वजनिक सेवा प्रशारण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१' पेश गर्नेछन्। 

यसैगरी उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले 'धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ र 'आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्'भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.