उदयपुरको सोरुङ्गछविसेमा आमा र छोरा घरभित्र मृत भेटिए

उदयपुरको सोरुङ्गछविसेमा आमा र छोरा घरभित्र मृत भेटिए
सुन्नुहोस्

उदयपुर :   उदयपुरको कटारी नगरपालिका -१० सोरुङ्गछविसेका एकै परिवारका आमा र छोरा बिहीबार बिहान शंकास्पद अवस्थामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजन चापागाईका अनुसार अन्दाजी ४० वर्षीय निर्मला थापा र छोरा ६ वर्षीय आरुस थापा घरभित्रै मृत अवस्थामा भेटिएका हुन्।

आफ्नै घरभित्र रगतले लतपतिएको अवस्थामा दुबैजनाको शव फेला परेकाले  हत्या भएको दावी स्थानीयले गरेका छन् । नगरपालिकाका कार्यपालिका सदस्य तथा स्थानीय गीता गिरीका अनुसार बालकको घाँटीमा धारिलो हतियारले रेटेको जस्तो देखिएको छ भने महिलाको शव घोप्टो अवस्थामा छ । 

‘खाटमाथि सुतेका बालकको शरीरमा निकै चोटपटक लागेको देखिन्छ,'उनले भनिन्,‘आमा घोप्टो परेर सुतेको देखिएकाले कहाँ चोट लाग्यो भनेबारे प्रहरी आएपछि थाहा हुनेछ,तर अवस्था हेर्दा यो कसैले हत्या नै गरेको हो ।'

 
स्थानीयले दुबैजना मृत अवस्थामा फेला परेको देखेपछि इलाका प्रहरी कार्यालय कटारीलाई खबर गरेका थिए । घटनास्थल विकट क्षेत्रमा रहेकाले प्रहरीको टोली घटनास्थल पुगिनसकेकाले घटनाको थप विवरण आउन बाँकी रहेको डिएसपी चापागाईले बताए ।

उनले भने,‘घटनाको प्रकृति प्रहरीले देखेको छैन्, सामान्य जानकारी आएकाले इप्रका कटारीबाट टोली खटाइएको छ,पुगेपछि अनुसान्धानले केहि निर्क्यौल गर्नेछ ।'

कार्यपालिका सदस्य गिरीका अनुसार मृतकका श्रीमान अशोक थापा अर्की श्रीमती लिएर विगत तीन वर्षदेखि भारतको दिल्लीमा बस्दै आएका छन् । श्रीमान अर्की श्रीमती लिएर दिल्ली गएपछि निर्मला गुजारा चलाउन सामान्य पसल गरेर गाउँमै बस्दै आएको उनले बताइन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.