राजेन्द्र महतोलाई पार्टीमा फर्किन महन्थ ठाकुरको आह्वान

राजेन्द्र महतोलाई पार्टीमा फर्किन महन्थ ठाकुरको आह्वान

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टी छाडेर गएका राजेन्द्र महतोलगायत सबै नेताहरूलाई पुरानै घर फर्किन अनुरोध गरेका छन्। पार्टीको पदाधिकारी बैठकले पुराना नेताहरूलाई पार्टीमा फर्किन आग्रह गरिएको पार्टी  महासचिव मनिष मिश्रले जनाएका छन्। 

काठमाडौंमा भदौ १९ र २० गते भएको बैठकपछि पार्टी अध्यक्ष ठाकुरले निर्णय सार्वजनिक गर्दै  यस्तो आग्रह गरेका हुन्। निर्णय सार्वजनिक गर्दै पार्टी अध्यक्ष ठाकुरले भनेका छन्, ‘बृहत राजनीतिक शक्ति अभियान निर्माणमा सहकार्य गरेका सबै व्यक्ति र शक्तिलाई घर वापसीका लागि बैठकले सर्वसम्मत निर्णय गर्दछ।’ ठाकुरसँगको मतभेदका कारण पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो फागुन १४ गते पार्टी छाडेका थिए। अहिले उनी नेता महतो राष्ट्रिय मुक्ति क्रान्ति अभियानको नामबाट पार्टी खोल्ने तयारीमा छन्।

संविधान संसोधन गर्न कार्यदल गठन

बैठकले संविधान संसोधनका लागि अन्य दलसंग सहकार्य गर्न पार्टीका वरिष्ठ नेता लक्ष्मण लाल कर्णको संयोजकत्वमा तीन सदस्य कार्यदल बनाएको छ। कार्यदलमा दानबहादुर विश्वकर्मा र परमेश्वर साह सदस्य छन्। ‘विगतमा उठाइएका मधेसका सबै मुद्दाहरूको संकलन गर्दै मधेसी, थारु र अन्य उत्पीडित जनताका अधिकार कायम गराउन सरोकारवला सबै दलसँग सहकार्यका लागि लोसपा. नेपालले कार्यदल बनाएको छ,' पार्टी अध्यक्ष ठाकुरले भने।

बैशाख २६ गते पार्टी महाधिवेशन
आउँदो बैशाख २६ गते पार्टीको केन्द्रीय महादिवेशन गर्ने बैठकले निर्णय गरेको छ। केन्द्रीय समितिलाई महाधिवेशन तयारी मूल समितिमा परिणत गरिएको छ। कात्तिक मसान्तसम्म जिल्ला तहमा साधारण सदस्यता वितरण अभियान चलाउने बताइएको छ। पार्टी गठन भएको तीन वर्ष बित्न लागेको छ। तर, पार्टीको गतिविधिहरू सुस्त रहेको भन्दै नेताहरू बैठकमा कुरा उठाएका छन्। 

‘पार्टीका नेताहरू सरकार र सत्तामात्रै हेर्ने अनि पार्टीलाई लथालिङ बनायो’, बैठकमा सहभागी एक नेताले भने, ‘अब यो चल्दैन। नेताले पार्टीलाई कमाईखाने भाँडो बनायो। कार्यकर्ताहरूले काम गर्ने ठाउँ पाउनुपर्छ। कार्यविभाजन हुनुपर्छ।’

शिक्षक व्यवस्थापन गर्न माग
एसईईको परिणाम खस्किँदै गइरहेको प्रति लोसपाले गम्भीर चिन्ता जनाएको छ। यसो हुनुको मुख्य कारण विद्यालयका विषयगत शिक्षकको अभाव र समय सापेक्ष पाठयक्रम नभएको बैठकबाट निष्कर्ष निकालिएको छ। ठाकुरले सार्वजनिक गरेको निर्णयमा भनिएको छ, ‘सरकारले यथाशिघ्र विषयगत शिक्षकको नियुक्ति गरी समय सापेक्ष सीपमूलक पाठ्यक्रमको निर्माण गरोस्।’

मधेस प्रदेशलगायत अन्य जिल्लामा बालिदानी सुख्खाग्रस्त भएकाले किसानलाई अल्पकालीन र दीर्घकालीन व्यवस्थाप गर्न लोसपा बैठकले सरकारसँग माग गरेको छ। उखु किसानले पाउनुपर्ने अनुदान तुरुन्त सरकारलाई उपलब्ध गराउन माग गर्ने समेत निर्णय गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.