जाजरकोटमा पहिरोले घर पुरियो, दम्पती बेपत्ता

जाजरकोटमा पहिरोले घर पुरियो, दम्पती बेपत्ता
फाइल तस्बिर।
सुन्नुहोस्

जाजरकोट : जाजरकोटमा पहिरोमा परी दम्पती बेपत्ता भएका छन् । गए राती आएको पहिरोमा परि बारेकोट गाउँपालिका- ६ धुमाका मानबहादुर चलाउने र उनकी श्रीमती प्रेमकुमारी चलाउने बेपत्ता भएका प्रहरीले जनाएको छ ।   

छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरिएको छ । राती १ बजे घटना भए पनि बिहान ६ बजे प्रहरी पुगेपछि ती बालिकाको उद्धार भएको डिएसपी पुरुषोत्तम पाण्डेले बताए । 

उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । 

बेपता दम्पतीको प्रहरी र स्थानीयले खोजी गरिरहेका उनले बताए । प्रेमकुमारी वडा सदस्य हुन् । रातभर पानी परेकोले उद्धारमा कठिनाइ भएको स्थानीयको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.