प्री ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढ्यो
काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ३.३५ अंकले बढेर २६३६.२९ विन्दुमा पुगेको छ।
यो समयमा ४८ वटा स्क्रिप्सको २ हजार ६६३ कित्ता सेयर १६ लाख ५१ हजार ४३० रुपैयाँमा खरिदबिक्री भए।
प्री ओपन सेसनमा कारोबारमा आएकामध्ये २४ वटा स्टक्सको मूल्य बढ्दा १५ वटाको घट्यो। ८ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।