करेन्ट लागेर भारतीय वृद्ध दम्पतीको मृत्यु

करेन्ट लागेर भारतीय वृद्ध दम्पतीको मृत्यु
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर  : मोरङमा बुधबार करेन्ट लागेर भारतीय वृद्ध दम्पतीको मृत्यु भएको छ । बिहान ११ : ५० बजेतिर बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा घटना भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले करेन्ट लागेर भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र उनकी पत्नी ७२ वर्षीय कुमादेवी मण्डलको मृत्यु भएको जानकारी दिए । 

विद्युत प्रवाह भइरहेको मोटर चलाएर कल पेल्ने क्रममा करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको उनले बताए । भारतीय वृद्ध दम्पती बूढीगंगा–५ का देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिएर खेतीपाती गर्दै आएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको सइ प्रवीण खड्का नेतृत्वको टोलीले घटनास्थल सुरक्षित राखेको छ । शव अहिले घटनास्थलमै छ । डीएसपी बस्नेतले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि पठाउन घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्सपेक्टर हेमराज ओलीको नेतृत्वमा टोली परिचालन गरिएको बताए ।

शवलाई पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान अघि बढाइने उनको भनाइ छ ।  घटनास्थलमा भेला भएका स्थानीय । तस्बिर : अन्नपूर्ण
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.