वीरगन्जको होटलमा लुकीछिपी बसेका बंगलादेशी नागरिक पक्राउ

वीरगन्जको होटलमा लुकीछिपी बसेका बंगलादेशी नागरिक पक्राउ

वीरगन्ज : अवैध रूपमा नेपाल प्रवेश गरेका एक बंगलादेशी नागरिकलाई वीरगन्जबाट प्रहरीले पक्राउ गरेको छ। अवैध रूपमा नेपाल प्रवेश गरी वीरगन्जको एक होटलमा लुकीछिपी बसेका २९ वर्षीय बंगलादेशी युवकलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो। 

वीरगन्ज महानगरपालिका-१६ नयाँ बसपार्कस्थित आर्यन होटल एण्ड लजमा बसेका बंगलादेशको सिलेट हेविगन्ज घर भएका २९ वर्षीय महमद सहादत हुसेनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए। 

आउँदो चाडर्पवलाई लक्षित गरी वीरगन्जका होटल र लजहरूमा चेकजाँच गर्ने क्रममा आर्यन होटल एण्ड लजमा बसेका हुसेनलाई नियन्त्रणमा लिइएको उनले बताए। 

हुसेनसँग पासपोर्ट, भिसा लगायतका आवश्यक कागजात नभेटिएकाले उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि बिहीबार अध्यागमन कार्यालय वीरगन्जमा बुझाइएको प्रहरी नायब उपरीक्षक भारतीले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.