वीरगन्जको मालपोत कार्यालयबाट लेखापढी व्यवसायी पक्राउ

वीरगन्जको मालपोत कार्यालयबाट लेखापढी व्यवसायी पक्राउ
सुन्नुहोस्

वीरगन्ज : नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साका निवर्तमान अध्यक्ष रामाधार प्रसाद कलवार पक्राउ परेका छन्। 

वीरगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय परिसरबाटै शुक्रबार दिउँसो प्रहरीले कलवारलाई नियन्त्रणमा लिएको छ। केही दिन पहिले मालपोत कार्यालय पर्साका प्रमुख डम्मरु प्रसाद निरौलाले आफूमाथि कार्यालयमै हातपात र गालीगलौज गर्दै अभद्र व्यवहार गरिएको भन्दै कलवारसहित वर्तमान उपाध्यक्ष संदिप साह कानु, साधारण सदस्य ऐनुल हक मियाँ लगायतका विरुद्ध कारबाहीको माग गर्दै भदौ २० गते जिल्ला प्रहरी कार्यालयसहित विभिन्न निकायमा उजुरी दिएका थिए।

त्यही उजुरीको आधारमा प्रहरीले शुक्रबार कलवारलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए। कार्यालय प्रमुख निरौला अभद्र व्यवहार भएको भन्दै  उजुरी परेकाले त्यसैको आधारमा आरोपित मध्येका एक कलवारलाई नियन्त्रणमा लिइएको उनले बताए। उजुरीमा उल्लेख नामका अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले बताए।

मालपोत कार्यालय पर्सामा अनियमितता बढेको, घुस बिना कर्मचारीले कामै नगर्ने गरेको लगायतका जनगुनासो बढेपछि भदौ १८ गते सञ्चारकर्मीसहितको टोली कार्यालयमा पुगेर सेवाग्राहीको गुनासो सम्बन्धी समाचार संकलन गर्ने क्रममा तनाव भएको थियो।

त्यस दिन कार्यालय प्रमुख निरौलाका साथै अन्य कर्मचारीमाथि सेवाग्राहीले आक्रोशपनि पोख्दा स्थिति असमान्य बनेको थियो। उक्त घटनापछि कार्यालय प्रमुख निरौलासहितका कर्मचारीहरूले आफूहरुमाथि अभद्र व्यवहार गरिएको भन्दै कारबाहीको माग गर्दै प्रहरीमा उजुरी  दिएका थिए। 

उनीहरुले प्रेस विज्ञप्ति पनि जारी गर्दै कारबाही नगरिए कार्यालयको कामकाज नै ठप्प पार्ने चेतावनीपनि दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.