सूर्यगढीको कार्यालय भवन निर्माण सुरु

सूर्यगढीको कार्यालय भवन निर्माण सुरु
सुन्नुहोस्

नुवाकोट : लामो समयदेखि पुरानो र साँघुरो भवनबाट सेवा दिँदै आएको नुवाकोटको सूर्यगढी गाउँपालिकाको प्रशासकीय भवनको निर्माण सुरु भएको छ। नयाँ पक्की आधुनिक भवनको शिलान्याससँगै निर्माण कार्य सुरु भएको हो।

सात वर्षपछिगाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु भएको हो। सूर्यगढी गाउँपालिका-३, तीनथुम्कीमा ११ करोड ९३ लाख रुपैयाँको लागतमा भवनको निर्माण कार्य सुरु भएको हो। डेढ वर्षभित्र साँढे तीन तले भवन निर्माण हुने पालिका अध्यक्ष शन्तबहादुर घलेले जानकारी दिए। 

उनका अनुसार भवन ठूलो हलसहित २९ कोठाको रहनेछ। सूर्यगढीले कुल लागतको ४० प्रतिशत लगानी गर्ने  छ। 

निर्माणाधीन भवनको कार्यक्रमका बीच पूर्वअर्थमन्त्री तथा कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले शिलान्यास गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.