कटहरीको कृषि मेला सम्पन्न

कटहरीको कृषि मेला सम्पन्न

विराटनगर : मोरङको कटहरीमा आयोजना गरिएको ४ दिने कृषि मेला आइतबार सम्पन्न भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले पहिलोपटक मेला आयोजना गरेको हो। 

भदौ २७ गतेदेखि आयोजित कृषि एक्स्पोमा १ सय ३० वटा स्टल राखिएका थिए। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले एक्स्पो भव्य रूपमा सम्पन्न भएको बताए। उनका अनुसार करिब १ लाख जनाले एक्स्पोको अवलोकन गरेका छन्। 

एक्स्पोमा कोशी र मधेश प्रदेशका कृषक, कृषि कलेज, विभिन्न स्कुल तथा कलेजका विद्यार्थी, कृषक, कृषि विज्ञलगायत सहभागी भएका थिए। कृषि ज्ञान केन्द्र, स्थानीय तह तथा उद्योग वाणिज्य संघहरुको सिफारिसमा मात्रै ८ सय जना कृषक मेलामा सहभागी भएको राउतले बताए। जिल्ला बाहिरबाट आएका कृषक तथा विद्यार्थीलाई निःशुल्क खानबस्नको व्यवस्था मिलाइएको थियो।

एक्स्पोमा कृषि बजार प्रणाली र मूल्य श्रृंखला, ‘कस्टम हायरिङ’को प्रयोग, पशुपंक्षी कृषि विज्ञानका विषयमा प्रस्तुतीकरण भएको जानकारी उनले दिए। उनका अनुसार विज्ञहरु बीच ‘प्यानल’ छलफल पनि भएको थियो। 

भारतीय विज्ञ डा. कन्चन भौमिक, कृसेन्दु सिन्हा र डा. सुभाशिष बलले कृषिमा ‘एजोला तथा ब्लुग्रीन एल्गी’को उत्पादन र प्रयोग एवं जैविक मल तथा विषादी बनाउने र यसको प्रयोग विधिका विषयमा कृषकहरुलाई जानकारी गराएका थिए। एक्स्पोमा कृषि मेसिनरी, कषि उपज, भेटनरीलगायत साना किसानहरुका उत्पादनदेखि हिमाली र पहाडी जिल्लाका उत्पादनको स्टल राखिएको जानकारी राउतले दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.