आधारभूत शिक्षा सुधारका लागि जाइकाको सहयोग

आधारभूत शिक्षा सुधारका लागि जाइकाको सहयोग
सुन्नुहोस्

स्याङ्जा : स्याङ्जामा जाइकाले १ देखि ३ कक्षासम्म अध्ययरत बालबालिकाको शिक्षा सुधारमा सहयोग गर्ने भएको छ। गणित विषय मार्फत बालबालिकाको जग बलियो बनाउने उद्देश्यले स्याङ्जामा आधारभूत बिद्यालय शिक्षा सुधार (आईबीएसई) परियोजना मार्फत सुधार गर्ने भएको हो।  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको समन्वयमा जाइकाको सहयोगमा आईबीएसई परियोजना गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्ला मात्र छनौटमा परेको हो। एउटा प्रदेशमा एक जिल्लामा मात्र सो परियोजना कार्यान्वयन गरिने भएको हो।

शिक्षा विकास समन्वय इकाई स्याङ्जा र यहाँका ११ वटै पालिकामा कार्यरत युवा तथा खेलकुद शाखा प्रमुखलाई सोका बारेमा जानकारी दिने उद्देश्यले स्याङ्जामा आयोजित कार्यक्रममा जापानी शिक्षाविद् आतुसी सुकुईले सोबारे जानकारी गराए।

विज्ञ आतुसीका अनुसार ‘कक्षा १,२,३ मा अध्ययरत बालबालिकालाई विभिन्न किसिमका विधि अवलम्बन गर्दै गणित विषय बुझ्ने बनाउने हो। जसका लागि विभिन्न उपकरण, सामग्री र विधिका समेत उपयोग गर्नेछौं।’

यसै आवदेखि सञ्चालित परियोजनाको अवधि ५ वर्षको छ। सो समयभित्रै जिल्लाका सबै सरकारी विद्यालयमा पुगी सो अभ्यास गराइने उनले बताए। स्याङ्जा जिल्लाभर ४ सय ५० वटा सरकारी विद्यालय छन्।  

जाइका विज्ञ आतुसी सहितको टिमले सोमबार पुतलीबजार नगरपालिका-१० स्थित चक्रकमला आधारभूत विद्यालयबाट सुरुवात गरेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख आचार्यले जानकारी दिए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.