सामाजिक सञ्जालमा अराजक गतिविधि गर्ने पटेल पक्राउ

सामाजिक सञ्जालमा अराजक गतिविधि गर्ने पटेल पक्राउ
सुन्नुहोस्

वीरगन्ज : फेसबुक,इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा असमाजिक र अराजक फोटो र भिडीयो पोष्ट गर्ने एक युवकलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवाका २१ वर्षीय ओमकुमार पटेल रहेका छन् । उनलाई प्रहरीले वीरगन्ज–१५ प्रतिमा चोकबाट पक्राउ गरेको हो ।

फेसबुक, टिकटक, ह्वाट्रअप र मेसेन्जरमा ‘किंग्स अफ पर्सा’ नामको आइडी बनाएर पटेलले अपशब्द प्रयोग गर्ने,गाली गर्ने,हाततियारको प्रदर्शन गरी डर त्रास सृजना गर्ने,अराजक गतिविधि गरी समाजमा द्वन्द्वको श्रृजना गर्ने जस्ता असामाजिक र अनैतिक क्रियाकलाप गरेको उनलाई पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए । पटेललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनीविरूद्ध सार्वजिक शान्ति विरुद्धको कसूरमा थप अनुसन्धान कार्य भइरहेको भारतीले बताए ।

सामाजिक सञ्जालमा यस्ता असमाजिक र अराजक  गतिविधि गरिरहेका अन्य व्यक्तिहरूको पनि पहिचान भइसकेको हुँदा उनीहरूको प्रहरीले खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक भारतीले बताए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.