कपडा पसलमा आगलागी हुँदा १ करोडको क्षति

कपडा पसलमा आगलागी हुँदा १ करोडको क्षति
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : विराटनगरमा बुधबार बिहान एउटा कपडा पसलमा आगलागी भएको छ । आगोले पसल जल्दा करिब १ करोड बराबरको क्षति भएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार विराटनगर महानगरपालिका–७ जैन भवननजिक दीपक कायस्थको घरको भुइँ तलामा रहेको कपडा पसलमा बिहान ४:३० बजेतिर आगलागी भएको हो । कायस्थको घरको सटर भाडामा लिएर विराटनगर–६ का सन्तोष रौनियाले कपडा पसल सञ्‍चालन गर्दै आएका थिए । 

आगलागीको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको डीएसपी बस्नेत बताउँछन् । विराटनगर महानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा प्रहरीले करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो ।  

आगोले पसलमा रहेका सबै कपडा जलेर ध्वस्त भएको छ । पसल सञ्चालन गरिएको सटरमा पनि क्षति पुगेको छ । मानवीय र चौपाया क्षति भने नभए पनि आगलागीमा अन्दाजी १ करोड बराबरको क्षति भएको जानकारी डीएसपी बस्नेतले दिए । 

त्यस्तै, मोरङको बूढीगंगा गाउँपालिका–३ गोकुवामा आगलागी हुँदा एउटा घर जलेको छ । प्रहरीका अनुसार बिहान ४:३० बजेतिर आगोले पार्वती खड्काको घर आगो लागेको हो । आगोले घर पूर्णरूपमा ध्वस्त भएको छ । 

स्थानीय र दमकलको सहयोगमा प्रहरीले करिब १ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । डीएसपी बस्नेतका अनुसार आगलागीबाट घरसहित घरभित्र रहेका लत्ताकपडा,अन्नपात,भाँडावर्तन सबै जलेको छ । करिब ४ लाख मूल्य बराबरको क्षति भएको प्रहरीको भनाइ छ । 

प्रहरीका अनुसार आगलागीको कारण खुल्न सकेको छैन । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.