राष्ट्रपति पौडेलको अजरबैजान भ्रमण स्वीकृत

राष्ट्रपति पौडेलको अजरबैजान भ्रमण स्वीकृत
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान भ्रमणमा जाने भएका छन्। अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धी पक्षधर राष्ट्रहरूको २९औं सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल त्यसतर्फ जाने भएका हुन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको अजरबैजान भ्रमण स्वीकृत गरेको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेल ६ दिनका लागि त्यसतर्फ जानेछन्।

राष्ट्रपति पौडेल कात्तिक २५ गते अजरबैजानका लागि प्रस्थान गर्नेछन्। उनी 'World leader climate action summit' मा  सहभागी भएर कात्तिक ३० गते स्वदेश फर्किनेछन्। राष्ट्रपति पौडेलको भ्रमण खर्च नेपाल सरकारले व्यहोर्ने मन्त्रिरिपषद्ले निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.