नेपाल प्रिमियर लिगको विजेताले १ करोड ११ लाख, उपविजेतालाई ५० लाख, तेस्रो स्थानको टिमले ३० लाख र चौथो स्थानको २० लाख रकम पुरस्कार पाउनेछन् ।
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकुपर बोल्ट्सले विराटनगर किङ्ग्स विरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ ।
जनकपुर बोल्ड्सका कप्तान अनिल कुमार शाहले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन् । विराटनगर किङ्सको कप्तान सन्दीप लामिछाने रहेका छन् ।
नेपाल प्रिमियर लिगको विजेताले १ करोड ११ लाख, उपविजेतालाई ५० लाख, तेस्रो स्थानको टिमले ३० लाख र चौथो स्थानको २० लाख रकम पुरस्कार पाउनेछन् ।
पहिलो दिन आज एक खेलमात्रै हुनेछ भने तेस्रो दिनदेखि दैनिक दुई खेल हुनेछन्। सिंगल राउन्ड रोबिनका आधारमा हुने एनपीएलमा लिग चरणमा कुल २८ खेल हुनेछ। लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्। जहाँ पहिलो र दोस्रो हुने टिमबीच पहिलो क्वालिफायर खेल हुनेछ। यस खेलको विजेताले सीधै फाइनलमा स्थान बनाउनेछ भने तेस्रो र चौथो हुने टोलीले एलिमिनेटर खेल खेल्नेछन्।
एलिमिनेटरमा पराजित हुने टोली बाहिरिँदा एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ। यसको विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। एनपीएलको फाइनल खेल पुस ६ गते हुनेछ। प्रतियोगिताको खेलहरू विश्वचर्चित भारतीय टेलिभिजन च्यानल स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्नेछ।
प्रतिक्रिया दिनुहोस !