पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो।
निगमका अनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ, हवाई इन्धनतर्फ आन्तरिकतर्फ २ सय रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १५ डलरले मूल्यवृद्धि गरिएको छ।
एलपि ग्यासको मूल्य बढेर आएतापनि हाललाई यथावत् राखिएको निगमले जनाएको छ।