एनपीएल

रोहित र सादबिनको शतकीय साझेदारीले लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

रोहित र सादबिनको शतकीय साझेदारीले लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा नवौं दिनको पहिलो खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनी लायन्सले ६ विकेट गुमाउँदै १६७ रन बनाएको हो। 

पाँचौं विकेटका लागि कप्तान रोहित र साद बिन जफरले ११४ रनको शतकीय साझेदारी गरेका हुन्। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ८० रन बनाए। उनले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ८० रन बनाए।

लुम्बिनी लायन्सले पावरप्लेमा २ विकेट गुमाउँदै ३३ रन जोड्यो। लुम्बिनीका लागि पहिलो विकेटका रुपमा २.१ ओभरमा रिजन ढकालले अशुतोष घिरौयालाई १ रनमा बोल्ड आउट गरे। दोस्रो विकेटका रुपमा २.३ ओभरमा उन्मुक चन्दको विकेट गयो। उनी डक आउट भए। 

२ ओभरको समाप्तिमा लुम्बिनी २–२ को अवस्थामा थियो। २ रन बनाउँदा २ विकेट गुमाएको लुम्बिनी ४ ओभर सकिँदा २ विकेटको क्षतिमा ८ रन बनाएको थियो। तेस्रो विकेट अर्जुन साउदको गयो। उनलाई रञ्जित कुमारले कुशल मल्लको हातमा क्याच आउट गराएका हुन्। अर्जुनले १२ बलमा १ चौका र १ छक्कासहित १५ रन बनाए। 

चौथो विकेट टम मोरिसको गयो। उनले ५ बलमा १ छक्कासहित १० रन बनाए। लुम्बिनीले १० ओभरमा ४ विकेटको क्षतिमा ५७ रन बनाएको थियो। 
१५ ओभरमा १०० रन पूरा गरेको लुम्बिनीको ब्याटिङ कप्तान रोहित र साद बिन जफरले सम्हाले। पाँचौं विकेटका लागि १८.३ ओभरमा रोहित र साद बिन जफरले शतकीय साझेदारी पूरा गरे। 

अर्का ब्याटर साद बिन जफर ५२ रन बनाउँदै अन्तिम बलमा रन आउट भए। उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरे। 
सन्दीप जोरा ३ बलमा ४ रन बनाउँदै अविजित रहे। चितवनका लागि रिजन ढकालले ३ विकेट र कुशल मल्ल र रञ्जित ढकालले समान १/१ विकेट लिए। 

लुम्बिनीले पहिलो खेलमा विराटनगरसँग २ विकेट, पोखरासँग १० विकेट, सुदुरपश्चिमसँग ४५ रन र जनकपुरसँग १ रनले पराजित भएको हो। 
चितवनले पहिलो खेलमा काठमाडौंलाई ५ विकेट, पोखरालाई ८७ रनले र चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले जित्दा तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटको हार बेहोरेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.