रोहित पौडेलले लिए चितवन राइनोजको पहिलो विकेट
काठमाडौं : लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले चितवन राइनोजको पहिलो विकेट लिएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा चितवन राइनोजका ओपनर विपिन रावललाई पौडेलको बलमा साद बिन जफर क्याच आउट गरेका हुन्।
लुम्बिनी लायन्सले दिएको १६८ रनको विजयी पछ्याउने क्रममा चितवन राइनोजका रावलले ९ बलमा ५ रन बनाए। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनी लायन्सले ६ विकेट गुमाउँदै १६७ रन बनाएको हो।
प्रतिक्रिया दिनुहोस !