चितवन राइनोजको तेस्रो विकेट पतन, रोहितले लिए विकेट
काठमाडौं : चितवन राइनोजविरुद्ध लुम्बिनी लायन्सले तेस्रो विकेट लिएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा लुम्बिनीका कप्तान रोहित पौडेलले चितवन राइनोजका सोहेल तनभीरलाई आउट गरेका हुन्।
३.१ ओभरमा आउट भएका तनभीरले २ बलमा १ बल बनाए। त्यस अगाडि दोस्रो ओभरको अन्तिम बलमा सन्तोष कार्की रामोन सिमन्ड्सको बलमा
आशुतोष घिरैयाले क्याच आउट गरे। कार्कीले ८ बलमा १० रन बनाए।
यता चितवन राइनोजका ओपनर विपिन रावल पनि कप्तान पौडेलको बलमा साद बिन जफर क्याच आउट भएका थिए। लुम्बिनी लायन्सले दिएको १६८ रनको विजयी पछ्याउने क्रममा चितवन राइनोजका रावलले ९ बलमा ५ रन बनाए। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनी लायन्सले ६ विकेट गुमाउँदै १६७ रन बनाएको हो।
लुम्बिनीका लागिका कप्तान रोहित र साद बिन जफरले अर्धसतक प्रहार गरे भने उनीहरुले शतकीय साझेदारीसमेत गरे। चितवनका लागि रिजन ढकालले ३ विकेट, कुशल मल्ल र रञ्जित ढकालले समान १/१ विकेट लिए।
प्रतिक्रिया दिनुहोस !