बीआरआईमा अमेरिकी चासो स्वभाविक : प्रचण्ड

बीआरआईमा अमेरिकी चासो स्वभाविक : प्रचण्ड
तस्बिर : अन्नपूर्ण

चितवन : सरकारको कार्यशैलीको आलोचना गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार गतिहिन भएको आरोप लगाएका छन् । उनले सरकारले आर्थिक संकट र सुशासनमा काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।

पार्टीको खबरदारी सभालाई सम्बोधन गर्न चितवन आएका दाहालले सरकारले काम भन्दा बढी हल्ला गरेको आरोप लगाए। माओवादी सरकार परिवर्तनको विषयमा पत्रकारको प्रश्नमा उनले माओवादीको ध्यानमा जनतामा रहेको बताएका छन् । ‘हाम्रो ध्यान सरकारतिर छैन । जनतालाई परिचालन गर्ने कुरातिर  छ । सरकारले गरेको नराम्रो कामको खबरदारी गर्नेतिर छ । सरकार चलिराखोस् भन्ने छ ,’दाहालले भने ,‘सरकार गतिमा होइन गतिहिन छ । ’

चीन सरकारको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) प्रति अमेरिकाले राखेको चासोलाई अध्यक्ष प्रचण्डले सामान्य भएको बताए । ‘चीन र अमेरिका एकअर्कामा प्रतिष्पर्धी भएकाले एक अर्कामा चासो राख्नु स्वभाविक हो ,’दाहालले भने ,‘मैले दोस्रो पटक प्रधानमन्त्री हुँदा सम्झौतापत्र तयार गरेको हो । अहिले केपीजीले गरेको सम्झौतामा अन्योल छ । यसको स्पष्ट चित्र आइसकेको छैन । पहिला गरेअनुसार सम्झौता भएको भए नेपालको हितमा छ । ’ 

नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले स्वदेश फर्किने क्रममा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताबारे आफूले आधिकारिक दस्तावेज नदेखेको तर यो नेपालको हितका पक्षमा रहेको होला भन्ने विश्वास व्यक्त  गरेका थिए।  उनले आफ्नो देशले एमसीसी सम्झौता गर्दा पारदर्शिता अपनाएको भन्दै बीआरआईको दस्तावेज पनि पारदर्शी हुनुपर्ने उनको कुटनीतिक भनाइ थियो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.