१० ओभरमा कर्णाली याक्सले बनायो ४७ रन

१० ओभरमा कर्णाली याक्सले बनायो ४७ रन
तस्बिर : एनपीएल
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को समूह चरणको अन्तिम खेलमा कर्णाली याक्सले १० ओभरमा ४ विकेट गुमाउँदै ४७ रन बनाएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पावरप्लेमा ३ विकेट गुमाउँदै ३५ रन बनाएको कर्णालीले याक्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिलो विकेटको रुपमा पहिलो ओभरको अन्तिम बलमा रित गौतमलाई गोल्डेन डक आउट बनाए। 

दोस्रो विकेट अर्का ओपनर बाबर हायातलाई गुमायो। दोस्रो ओभरको अन्तिम बलमा केग्गेलिनको बलमा अभिवाश बोहोराको हातमा क्याच भए।

देव खनाल भने रन आउट भए। उनी ७ रनमा रन आउट भएका हुन्। 

चौथो विकेट चाड्विक वाल्टनको गयो। उनलार्य सैफ जैबले ८.३ ओभरमा एलबीडब्ल्यु आउट गराएका हुन्। चाड्विकले १६ बलमा १ चौकासहित ११ रन बनाए। 

सुदूरका लागि हर्मप्रित सिंह, सैफ जैब र स्कट केग्गेलिनले समान १/१ विकेट लिए। सुदूर हालसम्म ६ खेलमा ५ खेल जित्दै शीर्ष स्थानमा रहेको छ। कर्णाली भने आजको खेलमा हार बेहोरे पनि कम दूरीको हारले प्लेअफमा स्थान बनाउन सक्छ। 
यदि आज निकै नराम्रो हार बेहोरेमा कर्णाली शीर्ष चारबाट बाहिरिने छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.