युएसएआइडीलाई बन्द गर्न राष्ट्रपति ट्रम्प सहमत

युएसएआइडीलाई बन्द गर्न राष्ट्रपति ट्रम्प सहमत

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी)लाई बन्द गर्न राजी भएको खुलासा भएको छ। राष्ट्रपति ट्रम्पका सल्लाहकारसमेत रहेका अर्बपति एलन मस्कले उक्त कुरा खुलासा गरेका हुन्। 

राष्ट्रपति ट्रम्पले युएसएआइडीलाई पागलद्वारा सञ्चालित संस्थाको रूपमा चित्रण गरेको उनको भनाइ छ। मस्कले पनि युएसएआइडीलाई ‘आपराधिक संगठन’ भएको बताए। 'युएसएआइडी एक आपराधिक संगठन हो,' मस्कले आफ्नो एक्स प्लेटफर्ममा उल्लेख गरेका छन्।

'युएसएआइडीका सन्दर्भमा मैले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विस्तृत छलफल गरेँ। उहाँले यो एजेन्सलाई बन्द गर्ने विषयमा सहमति जनाउनुभएको छ,' मस्कले पत्रकार सम्मेलनमा भने। अमेरिकी नागरिकले तिरेको करलाई गलत ठाउँमा प्रयोग गरिएको उनको भनाइ छ। 

यस विषयमा राष्ट्रपति ट्रम्पले पनि युएसएआडीको भविष्यबारे निर्णय गर्ने बताए। उनले मस्कको तारिफ गर्दै भने, 'मस्कले राम्रो काम गरिरहेको छ।' उनले युएसएआइडीलाई कट्टरपन्थी पागलहरूको समूहले सञ्चालन गरेको आरोप लगाए। छिट्टै युएसएआइडीको भविष्य निर्धारण गरिने उनको भनाइ छ।

राष्ट्रपतिमा सपथ लिएपछि ट्रम्पले वैदेशिक सहायतालाई तीन महिनाका लागि रोकेका छन्। युएसएआइडीले विश्वभर मानवीय राहत र विकास सहायताका लागि ४२ अर्ब ८० करोड डलरको बजेट व्यवस्थापन गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.