नविकरणीय ऊर्जाको प्रवर्द्धन तथा विकास गर्न सरकार दृढ : उद्योगमन्त्री
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री माननीय दामोदर भण्डारीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको औद्योगिक तथा व्यापारिक गतिविधिहरूको अवलोकन र महत्वपूर्ण परियोजनाहरूको उद्घाटन गरेका छन्।
मन्त्री भण्डारीले नवलपरासीको रामग्रामस्थित अरुण वेभरेज प्रालिमा २ मेगावाटको सौर्य ऊर्जा प्लान्टको उद्घाटन गर्दै स्वच्छ र नविकरणीय ऊर्जाको प्रवर्द्धन तथा विकास गर्न सरकार कटिवद्ध रहेको बताए। उनले स्वदेशी उत्पादनमा जोड दिँदै ऊर्जा आत्मनिर्भरता हाँसिल गर्ने दिशामा यो एक महत्वपूर्ण कोसेढुंगा सावित हुनेछ।
यसैक्रममा मन्त्री भण्डारीले उद्योग क्षेत्रको सम्भाव्यता,उत्पादनशीलता र रोजगारी सिर्जना सम्बन्धी प्रत्यक्ष जानकारी लिन सम्बृद्धि स्टिल प्याक्ट्रीको अवलोकन समेत गरे। उनले औद्योगिकीकरणलाई तीव्रता दिन आवश्यक नीतिगत सुधार तथा पूर्वाधार निर्माणका विषयमा उद्योगपतिहरूसँग छलफल समेत गरे।
मन्त्री भण्डारीले स्वदेशमै सवारी साधन एसेम्बल गरी आयात प्रतिस्थापन तथा रोजगारी सिर्जनाका सम्भावनाहरूको अध्ययन गर्दै लक्ष्मी ह्युन्डाइ एसेम्बलिङ्ग प्लान्टको निरीक्षण गरे। सो क्रममा मन्त्री भण्डारीले नेपालमा गाडी निर्माण तथा एसेम्बलिङ उद्योगको विस्तारले मुलुकको औद्योगिक विकासलाई थप गति दिने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस !