थारू पहिरनमा सजिइन् परराष्ट्रमन्त्री, भनिन्- विदेश भ्रमण जाँदा थारू पोसाक लगाउँछु

थारू पहिरनमा सजिइन् परराष्ट्रमन्त्री, भनिन्- विदेश भ्रमण जाँदा थारू पोसाक लगाउँछु

काठमाडौं : परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले नेपाली कांग्रेसले आफ्नो कामको प्रचार नगर्ने गरेको बताएकी छन्।

नेपाली कांग्रेस थारू विभाग र नेपाल थारू संघको संयुक्त आयोजनामा कैलालीमा आयोजित प्रथम कैलाली जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री राणाले भनिन्, 'नेपाली कांग्रेसले नेपालमा जातीय मुक्ति एवं जनजातिको अधिकार स्थापित गर्ने क्षेत्रमा धेरै काम गरेको छ। तर, आफूले गरेका कामको प्रचार कहिल्यै गर्दैन।' 

नेपाली कांग्रेस नेपालका सबै जाति, जनजाति, दलित, मधेसी एवं थारूलगायत सबैको साझा पार्टी रहेको भन्दै उनले नेपालका यी समुदायको अधिकार स्थापित गर्न कांग्रेसले विगतदेखि नै काम गरेको स्पष्ट गरिन्।  

'विपी कोइरालाले उहिल्यै परशुनारायण चौधरीलाई पार्टीको महामन्त्री बनाउनुभएको थियो भने अहिले पनि पार्टीले थारू विभाग नै गठन गरेको छ। राज्यका महत्त्वपूर्ण स्थानमा थारू समुदायका व्यक्तिलाई पुर्‍याउनका लागि पनि कांग्रेसले विगतदेखि नै काम गरेको छ। 

उनले नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला विसं २०५८ मा कमैया मुक्तिका साथै महिला आयोग र दलित आयोग गठन गेको प्रसंग उल्लेख गर्दै मन्त्री राणाले भनिन्, 'नेपालमा सामाजिक आन्दोलनका क्षेत्रमा कांग्रेसले धेरै काम गरेको छ। तर, यसको प्रचार गर्ने काम भने कांग्रेसले कहिल्यै पनि गर्दैन।' 

आफू पनि बर्दियाको थारू बस्तीमै हुर्किएको स्मरण गर्दै मन्त्री राणाले आफूले नेपालका थारू जातिलाई इमान्दार, संस्कृति र परम्पराका धनी तथा आफ्ना काममा प्रतिबद्ध जातिका रूपमा चिनेको पनि बताइन्। थारू पहिरनमा सजिएकी उनले विदेश भ्रमण जाँदा थारू पोसाक लगाएर जाने प्रतिवद्ध जनाएकी थिइन्।

nullnullnullnull


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.