संसदीय समितिले गर्यो आगलागी भएको खानेपानी मन्त्रालयको निरीक्षण
काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार तथा विकास समितिले खानेपानी मन्त्रालयमा भएको आगलागीको निरीक्षण गरेको छ । आइतबार समितिका सभापति दिपकबहादुर सिंह नेतृत्वको समितिको टोलीले खानेपानी मन्त्रालयमा भएको आगलागीको स्थलगत निरीक्षण गरेको हो ।
समितिलाई खानेपानी मन्त्री प्रदीप यादवले आगलागीको घटना र क्षतिका बारेमा जानकारी गराउन भनेका थिए । समितिका सभापति सिंहले यस घटनाले पाठ सिकाएको बताउँदै अब यस्ता घट्ना दोहोरिन नदिन सबै सचेत हुनुपर्ने बताए । उनले निरीक्षणका क्रममा कार्यालयका कागजपत्रमा कुनैपनि क्षति नपुगेको समेत बताए।
सिंहदरवारस्थित खानेपानी मन्त्रालयमा शनिबार बिहान आगलागी भएको थियो । प्रारम्भिक अनुसन्धानमा विद्युतीय तार सर्ट भएर आगलागी भएको हुन सक्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस !