रास्वपा सांसदको प्रश्न- अन्तरजातीय विवाह गरेकै कारण पीडा भोग्नुपर्ने?
काठमाडौं : रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जातीय विभेदविरुद्ध ठोस कानुन बनाएर समाधान गर्न आग्रह गरेका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले हरेक वर्ष दलितमाथि हुने जातीय विभेदविरुद्ध सरकारलाई ठोस कानुन बनाएर अघि बढ्न आग्रह गरे। उनले राज्यले नै दलितमाथि अन्याय गरेको उल्लेख गरे।
अन्तरजातीय विवाह गरेको र प्रेम गरेकै कारण पीडा भोग्नुपर्ने अवस्थाको अन्त्य गर्न उनले सरकारको ध्यानाकर्षण गराए। परियारले समाजमा भएका विकृति र बिसंगतिविरुद्ध सभामुख समेत लडेकाले सरकारलाई आवश्यक निर्देशन दिन आग्रह गरे।
प्रतिक्रिया दिनुहोस !