एआइजीलाई राजीनामा गर्न बाध्य बनाइयो : सुमाना श्रेष्ठ

एआइजीलाई राजीनामा गर्न बाध्य बनाइयो : सुमाना श्रेष्ठ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले राजनीतिक थिचोमिचोका आधारमा एक जना एआइजीलाई राजीनामा गर्न लगाइएको आरोप लगाएकी छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा श्रेष्ठले प्रहरी निकायमा राजनीतिक हस्तक्षेप भएको र राजनीतिक थिचोमिचोका आधारमा आइतबार राति एक जना एआइजीलाई राजीनामा गर्न लगाइएको आरोप लगाइन्।

प्रहरी विधेयकमाथि छलफल गर्दै गर्दा राजनीतिक नियतमा शंका नगर्नुस् भन्ने गृहमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने उनले बताइन्। राजनीतिक हस्तक्षेप नहोस् भनेर प्रहरी विधेयकमा संशोधन ल्याएको भन्दै उनले ऐन पारित भएपछि मात्रै राम्रो नियत देखाउनुपर्ने हो भन्दै गृहमन्त्रीलाई प्रश्न गरिन्।

त्यस्तै सांसद मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा १८ माघमा आगलागी भई २१ गते निभाएको सुनाउँदै हाइड्रोपावरका कारण आगलागी भएकाले कानुनी कारबाहीको माग गरे।

त्यस्तै सांसद अब्दुल खानले माघ २६ गते कैलालीको बदैगोरिया गाउँपालिकामा एक किशोरीको बलात्कार भएको उल्लेख गर्दै दोषीलाई कानुनी कारबाहीको दायरमा ल्याउन माग गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.