तराई-मधेस केन्द्रित अभियानको तयारीमा जुट्न प्रचण्डको निर्देशन

तराई-मधेस केन्द्रित अभियानको तयारीमा जुट्न प्रचण्डको निर्देशन
फाइल तस्बिर

महोत्तरी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मधेसमा आफ्नो पार्टीको अवस्था सन्तोषजनक रहेको दाबी गरेका छन्। सोमबार बर्दिवासमा पार्टी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पहिले पनि मधेसमा माओवादी पहिलो पार्टीको रूपमा रहेको र अहिले पनि नेता कार्यकर्ताको संख्या तथा जनमतका हिसाबले बलियो रहेको बताए।

'नेता-कार्यकर्ताबीच बलियो एकता कायम गर्न सके फेरि पहिलो पार्टी बन्नेछ।  फागुन १२ गतेदेखि सुरु हुने यो अभियान सफल हुँदा मधेसमा राम्रो आधार हुनेछ,' उनले भने। अभियानपछि केन्द्रीय समिति बैठक बसेर महाधिवेशनको तयारीमा लाग्ने पछिल्लो केन्द्रीय समितिको बैठकको निर्णय स्मरण गराउँदै अध्यक्ष प्रचण्डले अब नेतृत्व चुनावबाटै निर्वाचित हुने भएकाले सबैलाई कार्यकर्ता र जनतासँग जोडिएर काम गर्न निर्देशन दिए।

झापाबाट सुरु गरेर कन्चनपुरमा हुलाकी मार्ग केन्द्रित अभियान सकेपछि पहाड र हिमाली क्षेत्रलाई केन्द्रित गरेर मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्व-पश्चिम जागरण अभियान सञ्चालन गरिने उनले बताए। दुबै अभियान सकिएपछि काठमाडौंमा देशभरिको पहिचान झल्कने गरी भव्य प्रदर्शन गरिने अध्यक्ष प्रचण्डले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.