गृहमन्त्री लेखक र मुक्कुमलुङ संघर्ष समितिका प्रतिनिधिबीच भेटवार्ता, वार्ताको नेतृत्व गृहमन्त्रीले गर्नुपर्ने माग

गृहमन्त्री लेखक र मुक्कुमलुङ संघर्ष समितिका प्रतिनिधिबीच भेटवार्ता, वार्ताको नेतृत्व गृहमन्त्रीले गर्नुपर्ने माग

काठमाडौं : ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारविरोधी मुक्कुमलुङ संघर्ष समितिका प्रतिनिधिहरूले गृहमन्त्री रमेश लेखकलाई भेट गरेका छन्। सोमबार साँझ गृहमन्त्रालय पुगेर उनीहरूले सहसचिवभन्दा माथिल्लो स्तरको वार्ता समिति गठन गर्न माग गरे। गृहमन्त्री लेखकले नै वार्ता समितिको नेतृत्व गर्दा सही सन्देश जाने उनीहरूको भनाइ छ।

आदिवासी जनजाति महासंघ अध्यक्ष ग्याल्जेन लामा शेर्पा, जनजाति नेता आङकाजी शेर्पालगायतले गृहमन्त्री लेखकलाई भेटेर यस्तो आग्रह गरेका हुन्। गृहमन्त्री लेखकले भने अहिले सहसचिव स्तरमा गठित समिति नै अधिकारसम्पन्न समिति भएकाले त्यसैसँग वार्ता गर्नु समाधानमुखी हुने जवाफ दिएका थिए।

‘संयुक्त राष्ट्रसंघमा प्रतिनिधित्व गर्ने सहसचिवले संसारभरिका १९० देशका प्रमुखहरूसँग समेत वार्ता गर्नसक्ने, देशभित्रै वार्ता गर्न किन नसक्ने’ भन्दै गृहमन्त्री लेखकले प्रश्न गरेका थिए। अहिले गृहका सहसचिव प्रेम भट्टराई नेतृत्वमा वार्ता समिति गठन गरिएको छ।

‘१२ माघमा जे भयो, त्यो दुःखद घटना हो। अब त्यस्तो नहोस् भनेर हामी सचेत छौं। तपाईंहरू पनि सचेत हुनुहोस्,’ लेखकले मुक्कुमलुङ पक्षलाई भने, ‘आन्दोलन फिर्ता लिएर सार्थक संवादमा बस्दा नै सकारात्मक परिणाम आउँछ।’ ताप्लेजुङका सांसद योगेश भट्टराई तथा उर्मिला थेबेले प्रतिनिधिहरूलाई गृहमन्त्रीसँग संवादका लागि सहजीकरण गराइदिएका थिए।

गृह प्रवक्ता रामचन्द्र तिवारीका अनुसार छलफल सकारात्मक मोडमा टुंगिएको छ। मन्त्री लेखकले फेरि संवाद जारी राख्न आग्रह गरेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.