भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपा नेपालको निर्णय

भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपा नेपालको निर्णय

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेश स्वीकार नगर्ने निर्णय गरेको छ। मंगलबार सिंहदरवारमा बसेको जसपा नेपालको संसदीय दलको बैठकले संघीय दुवै सदनमा भूमिसम्बन्धी अध्यादेशलाई अस्वीकार गर्ने निर्णय गरेको हो।

सरकारले ल्याएको ६ मध्ये ५ अध्यादेशमा भने जसपा नेपालले समर्थन गर्ने भएको छ। भूमिसम्बन्धी अध्यादेश मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको जसपा नेपालका एक नेताले बताए।

'भूमिसम्बन्धी अध्यादेश देशको हितमा छैन। यसले दीर्घकालीनरूपमा असर गर्ने पक्का छ। भूमिसम्बन्धी अध्यादेशबाहेकलाई भने हाम्रो पार्टीले समर्थन जानउने निर्णय भएको छ,' ती नेताले अन्नपूर्णसँग भने।

सरकारले गत पुस २६ गते सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको अध्यादेश, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसबन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको अध्यादेश र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.