भ्रातृ संस्थालाई कांग्रेसको निर्देशन- अब म्याद थप हुँदैन, चैतभित्र महाधिवेशन सकाउनू

भ्रातृ संस्थालाई कांग्रेसको निर्देशन- अब म्याद थप हुँदैन, चैतभित्र महाधिवेशन सकाउनू

काठमाडौं : नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भ्रातृसंस्थाको महाधिवेशनका लागि अब म्याद थप नहुने स्पष्ट पारेको छ।

बिहीबार पार्टी कार्यालय सानेपामा कांग्रेस पदाधिकारी, भातृ संस्थाहरूको महाधिवेशन केन्द्रीय निर्देशन समितिका संयोजक र भातृ संस्थाका अध्यक्षहरूबीच भएको छलफलमा कांग्रेसका शीर्ष नेताहरूले तोकिएको समय चैतभित्रै सबै संगठनले अधिवेशन गर्नुपर्ने भन्दै अधिवेशनका लागि अब म्याद थप नहुने स्पष्ट पारेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

महतले महाधिवेशनका लागि पार्टी नेतृत्वबाट आवश्यक सहयोग हुने भन्दै महाधिवेशन समयमा नै सम्पन्न गर्न आग्रह गरिएको बताए। छलफलका क्रममा केही संस्थाहरूले तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्ने जनाएका थिए भने केही संस्थाले चैतभित्रै महाधिवेशन गर्न समस्या देखिएको धारणा राखेका थिए 

सबै भातृ संस्थाहरूसँगको छलफलका क्रममा आएका सुझावहरूलाई पार्टीले समाधान गर्ने उनले बताए। यसअघि कांग्रेसले निर्देशक समितिहरूलाई २०८१ चैत मसान्तसम्म अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्नेगरी कार्यादेश दिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.