कोशी प्रदेशमा खेल महोत्सव हुँदै

कोशी प्रदेशमा खेल महोत्सव हुँदै
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशमा खेलकुद महोत्सव, २०८१ हुँदैछ। प्रदेश खेलकुद विकास बोर्डले गर्ने ‘प्रथम कोशी खेल महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको छ। 

महोत्सवअन्तर्गत विभिन्न खेलकुद प्रतियोगिता प्रदेश राजधानी विराटनगर र झापामा हुने छन्। बोर्डले विराटनगरमा पत्रकार सम्मेलन गर्दै खेल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो। बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले खेल र खेलाडीहरूको व्यक्तित्व विकासका खेल प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक खेल महोत्सव आयोजना गर्न लागिएको बताए। 

उनका अनुसार फागुन १३ देखि १८ गतेसम्म महोत्सव सञ्चालन हुने छ।  बोर्डका अध्यक्ष एवं प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले खेल जगतको प्रवर्द्धनमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे। उनले भने, ‘खेल र खेलाडीहरूको प्रवर्द्धन र व्यक्तित्व विकासका लागि हाम्रो पहिलो प्रयास हो। यसको उद्देश्य नै खेल जगतको विकास गर्नु हो। सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको छ।’ 

महोत्सवले १० औं राष्ट्रिय खेलकुदको तयारीलाई सहयोग पुग्ने मन्त्री राईको भनाइ छ। 

महोत्सवमा छुटेका केही खेलहरूलाई खेलकुदका अन्य कार्यक्रममार्फत समावेश गरिने उनले बताए। ‘कोशी प्रदेश खेलकुद महोत्सव, २०८१ ले प्रदेशलाई स्थापित गर्दै खेल पर्यटनको विकासमा सहयोग गर्छ। प्रदेश राजधानी खेलकुदको ‘हब’ हो भनेर सन्देश दिन्छ,’ बोर्डका सदस्यसचिव बस्नेतले भने। खेल महोत्सव आयोजना गर्न सबै पक्षको सहयोग प्राप्त भएको उनको भनाइ छ। 

उनका अनुसार १० औं राष्ट्रिय खेलकुदमा खेलाडीले बढीभन्दा बढी पदक जित्न सकुन् भनेर राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा खेलकुद महोत्सव गर्न लागिएको हो। बोर्ड सधैं खेलाडीको पक्षमा रहेको बताउँदै उनले खेलाडीले धेरैभन्दा धेरै पदक जितेमा प्रदेशकै नाम र इज्जत रहने उल्लेख गरे। ‘खेल गति नै खेलाडीको प्रगति हो’ भन्ने उद्देश्यका साथ खेलकुदको विकास गर्नुपर्ने पक्षमा बोर्ड रहेको उनको भनाइ छ। 

खेलकुदमा अरुभन्दा अब्बल र उत्कृष्ट प्रदेश कोशीलाई बनाउनेतर्फ बोर्ड अग्रसर रहेको बस्नेतको भनाइ छ। खेलकुदको माध्यमबाट सामाजिक सद्भाव कायम गराउन सक्नुपर्नेमा सदस्यसचिव बस्नेतको जोड छ। महोत्सवमा ११ वटा इभेन्टहरू एकै ठाउँमा गरेर एउटा नयाँ र सकारात्मक सन्देशका साथै एउटा नजिर स्थापित गर्न खोजिएको उनले बताए। 

महोत्सवलाई भव्य र सफल बनाउनका लागि हामीले प्रचारात्मक कामलाई तीव्र गतिमा अगाडि बढाइरहेको बताउँदै सदस्यसचिव बस्नेतले भने, ‘प्रचारप्रसारबाट जनजनमा खेल र खेलकुद के हो भन्ने बुझाउनु छ। खेल क्षेत्रबाट बाहिर रहेका व्यक्ति पनि खेलप्रति आकर्षित रहुन् भन्ने उद्देश्य हो। पर्याप्त बजेट नहुँदा नहुँदै पनि नयाँ कामको थालनी गरेका हौं। अरु प्रदेशमा पनि सकारात्मक सन्देश दिनु छ।’ 

उनका अनुसार खेल महोत्सवमा १ हजार जना बढी खेलाडीहरू प्रत्यक्ष रूपमा जोडिने छन्। विकसित मुलुकमा खेलाडीलाई उच्च सम्मान दिने गरिन्छ। तर, नेपालमा खेलाडी, खेलकर्मी र अफिसियलहरूले उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। 

‘खेल गतिविधिले खेल र खेलाडीप्रति राम्रो नीति निर्माण गर्न महत्वपूर्ण योगदान दिन्छ। खेलाडीले आफ्नो बिजनेस र क्रियाशीलता देखाउन पाउँछन्। खेल क्षेत्रलाई व्यावसायिक रूपमा अगाडि बढाउन खोजिरहेका छौं,’ बस्नेतले भने। व्यावसायिक, शैक्षिक, साहित्यकलाजस्ता महोत्सव हुँदै आए पनि खेल महोत्सव भनेर कम नै हुने गरेको उनको भनाइ छ। 

कोशी प्रदेशले वार्षिक कार्यक्रममै राखेर अर्को वर्षदेखि आवश्यक बजेटसहितको दोस्रो खेल महोत्सव गर्ने सदस्यसचिव बस्नेतको भनाइ छ। सबैको ध्यान कोशी प्रदेशमा हुने गरी क्यालेन्डर र रातो किताबमै उल्लेख गरेर दोस्रो खेलकुद महोत्सवको तयारी गरिने उनले बताए। 

खेल महोत्सवमा एथलेटिक्स, कबड्डी, डोरीतान, सफ्टटेनिस, कराँते, तेक्वान्दो, बुद्धिचाल, बाघचाल, महिला फुटबल, महिला भलिबल, टेबलटेनिस समेतका खेल समावेश गरिएको जानकारी बस्नेतले दिए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.