देउवाको निर्देशन- आगामी निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढौं

देउवाको निर्देशन- आगामी निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढौं

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र रहेका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपर्ने बताएका छन्। 

सोमबार नेपाली कांग्रेस, ‘केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ले रूपन्देहीको भैरहवामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा देउवाले पार्टीभित्र नमिलेका र विवादका विषयलाई आपसमा छलफल, मेलमिलाप र कुराकानी गरेर हटाउनुपर्ने बताए।

कांग्रेसलाई जीवन्त भाइब्रेण्ट डेमोक्रेटिक पार्टी बनाउन सके पार्टीप्रति अझ आकर्षण बढ्दै जाने उनले बताए। देउवाले समानुपातिक समावेशी व्यवस्थालाई सबै मिलेर थप बलियो बनाउँदै जानुपर्नेमा जोड दिए। उनले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए। 

तीन दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा मुलुकभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति र उपसभापति समेत गरेर ३ सय ३० जनाभन्दा बढी नेता कार्यकर्ताहरू सहभागी छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.