एमाले महासचिवलाई बालेनको जवाफ- यस्तै हो भने भोलि दंगाग्रस्त क्षेत्रमा सिडिओलाई पनि पठाउन सक्नुहुन्न

एमाले महासचिवलाई बालेनको जवाफ- यस्तै हो भने भोलि दंगाग्रस्त क्षेत्रमा सिडिओलाई पनि पठाउन सक्नुहुन्न

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले नेकपा एमालेका महासचिव शंकर पोखरेलालई कडा प्रतिक्रिया दिएका छन्। काठमाडौं महानगरपालिकामा 'कार्यकारी प्रमुख जान मान्दैनन्' भन्ने महासचिव पोखरेलको अभिव्यक्तिप्रति मेयर बालेनले प्रतिक्रिया दिएका हुन्।

उनले सरकारले आफू मातहतका कर्मचारीलाई आवश्यकताअनुसार खटाउन नसकेको आरोप लगाए। यस्तै अवस्था रहिरहे भोलिका दिनमा हुनसक्ने दंगा क्षेत्रमा सरकारले कसरी सिडिओ पठाउँछ भन्दै उनले प्रश्न गरेका छन्। 

'सरकारले आफू मातहतका एकजना कर्मचारीलाई आवश्यकताअनुसार काममा लगाउन सक्ने रैनछ भन्ने यहाँबाट पुष्टि भयो। अहिले कर्मचारी जान मान्दैनन् भन्दै राजधानीको महानगरमा कर्मचारी पठाउन नसक्ने सरकारले भोलि दंगाग्रस्त क्षेत्रमा सिडिओ जान मानेनन् भनेर पठाउन नसक्ला, अपराध रोक्न पुलिस जान सकेन भनेर पठाउन नसक्ला। एउटा घातक उदाहरण त नवलपरासी पश्चिमको सामूहिक झडपले पनि देखाएको छ,' उनले फेसबुकमा भनेका छन्। कर्मचारीहरू सरकारको नियन्त्रण बाहिर रहेको र कर्मचारीको विश्वासमा यतिसम्म गिरेको सरकारले समृद्धि ल्याइदिन्छ भनेर आफूहरूले पत्याइदिनुपर्ने उनको प्रश्न छ।

त्यस्तै काठमाडौं महानगरपालिकामा कार्यकारी टिक्दैन भनेर भ्रम फैलाइएको उनले आरोप लगाए। उनले भ्रष्टाचारमा मुछिएका कारण दुई जनालाई आफूहरूले हटाएको र बाँकी २ जनालाई सरकारले नै हटाएको बताएका छन्।

'अहिलेसम्मको हाम्रो कार्यकालमा ४ जना कार्यकारी हटेका छन्। ४ मध्ये २ लाई हटाउनुको कारण उनीहरू भ्रष्टाचारमा संलग्न रहेको भनेर हो। के कार्यकारी टिक्छन् भन्ने देखाउन हामीले भ्रष्टहरूलाई संरक्षण गरिराख्नुपर्ने हो? २ जनालाई सरकारले हटाएको हो, त्यो पनि महानगरलाई जानकारीसमेत नदिएर,' उनले भनेका छन्, हामीले भ्रष्टाचारमा जोडिएकाले हटाएका हौं। सरकारले के कारण हटायो? हामीले २ जना भ्रष्टहरूलाई हटाउँदा कार्यकारी टिक्न दिएन भन्ने सरकारले उत्तिनै संख्यामा तर असल काम गरेर बसेकालाई हटाउँदा काठमाडौंमा असल कार्यकारी टिक्न सरकारले नै दिँदैन भन्ने अर्थ लाग्दैन र?,' उनले प्रश्न गरेका छन्।

मेयर बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूहरू विकासको साझेदार रहेको स्पष्ट पारेका छन्। उनले महानगरमाथि नाकाबन्दी लगाए पनि आफूहरू भ्रष्टाचारविरोध रहेको उल्लेख गरेका छन्। 'प्रधानमन्त्री केपी ओलीज्यू, हामी तपाईँका दुश्मन होइनौं। विकासका साझेदार हौं। हामीले गरे जति विकासका सबै काम पनि तपाईँकै कार्यकालमा भएका हुन् भनिदिउँला। तर त्यसो भन्दा पत्याउने बनाउन आग्रह, पूर्वाग्रहबाट मुक्त भएर विकासमा साझेदारी गरी त्यो दाबी गर्नसक्ने ल्याकत बनाउने जिम्मा तपाईँकै हो। अनि जति भ्रम फैलाए पनि, हामी तपाईँको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौं। महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन। अहिलेका लागि देशमा आवश्यक सबै भन्दा ठूलो कुरा सुशासन हो। भ्रष्टहरूविरूद्धको लडाइँ हो। सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता गर्दिनँ। सुशासन कायम गरेरै छोड्छु,' मेयर बालेनले भनेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.