सरकारलाई दिएको समर्थन कायमै राख्ने जसपा नेपालको निर्णय

सरकारलाई दिएको समर्थन कायमै राख्ने जसपा नेपालको निर्णय
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ। तीन दिनसम्म ललितपुरमा चलेको पार्टीको केन्द्रीय समिति बैठकले हाललाई सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो। 

बैठकपछि जसपा नेपालका प्रवक्ता मनिष सुमनले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा कुनै निर्णय नभएको र समर्थन कायमै रहेको जानकारी दिए। बैठकले भ्रष्टाचारको अन्त्य, सुशासन कायम, विकास र संविधान संशोधनका लागि वर्तमान सरकार असक्षम रहेको निष्कर्ष निकालिएको उनले बताए।

उनले अध्यादेशको प्रक्रियाप्रति बैठकले असहमति जनाउँदै भूमिसम्बन्धी अध्यादेश फिर्ता दिन माग गरिएको बताए। अन्य पाँचवटा अध्यादेशलाई भने समर्थन जनाउने निर्णय गरिएको उनले बताए। त्यस्तै बैठकले 'नो केबलकार' अभियानप्रति समर्थन जनाउँदै वार्ता र संबादमार्फत समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता सुमनले बताए। बैठकले सबै स्थानीय तह र भातृ संस्थाको अधिवेशन वैशाख मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरिएको उनले बताए।

सबै अधिवेशन सम्पन्न भएसकेपछि हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग र हिमाली राजमार्गमा सय दिने जनतासँग भेटघाट अभियान चलाउने निर्णय बैठकले गरेको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.