स्पष्टीकरणको जवाफ आएपछि कुलमान घिसिङलाई हटाउने वा नहटाउने निर्णय हुन्छ : ऊर्जामन्त्री

स्पष्टीकरणको जवाफ आएपछि कुलमान घिसिङलाई हटाउने वा नहटाउने निर्णय हुन्छ : ऊर्जामन्त्री
सुन्नुहोस्

काठमाडौं : ऊर्जामन्त्री दीपक खड्काले कुलमान घिसिङको स्पष्टीकरणको जवाफ आएपछि पदबाट हटाउने वा नहटाउने निर्णय हुने बताएका छन्।

शुक्रबार संसद भवनमा कुलमानलाई हटाउने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री खड्काले स्पष्टकरणको जवाफ आएपछि निर्णय लिने जवाफ दिए। उनले नेपालमा भारतबाट बिजुली आयात गरिएका कारण लोडसेडिङ हट्न सफल भएको जिकिर गरे।

भारतलाई समेत विजुली आवश्यक भइरहेको अवस्थालाई नेपाललाई विद्युत् दिएर ठूलो सहयोग गरेको उनले बताए। प्राधिकरणका नाफाको विषय छानबिन भएपछि थाहा हुने उनको भनाइ छ।

कुलमानको विषय व्यक्तिगत नभएर सरकारको विषय भएको भन्दै उनले कर्मचारीहरू अनुशासित हुनुपर्ने जिकिर गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.