राजावादीको काठमाडौंमा शक्ति प्रदर्शन, राप्रपा अध्यक्ष लिङ्देनले स्वागत गर्ने
काठमाडौं : राजावादीले काठमाडौंमा शक्ति प्रदर्शन गरेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राजावादीहरूले आइतबार काठमाडौंमा शक्ति प्रदर्शन गरेका हुन्। राजावादीहरूको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोली विमानस्थल पुगेका छन्।
राजावादीका समर्थकहरू काठमाडौंका विभिन्न क्षेत्रबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन्। पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं आउने कार्यक्रम छ। काठमाडौं आएपछि उनका समर्थकहरूले भव्य स्वागत गर्ने राप्रपा नेताहरूले जानकारी दिएको छ।




















प्रतिक्रिया दिनुहोस !