कांग्रेसको 'मिसन रोजगारी अभियान' घोषणा

कांग्रेसको 'मिसन रोजगारी अभियान' घोषणा
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले मिसन रोजगार अभियान सुरु गरेको छ। विभिन्न नीतिगत तहमा छलफल गर्दै आएको कांग्रेसले आइतबार औपचारिक रुपमा हामी सक्छौं भन्ने मूलनारा सहित ‘मिसन रोजगारी’ अभियान सुरु गरेको हो।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले अभियानको घोषणा गरे। मुलुकमा बढ्दो बेरोजगारी समस्या न्यूनीकरण गर्नका लागि रोजगारी अभियान सुरु गरेको महामन्त्री थापाले बताए। ‘युवाहरू स्वदेशमा रोजगार नपाएर विदेशिइरहेका छन्,’ थापाले भने, ‘मुलुकभित्र रोजगारी सिर्जना गर्न नीतिगत तहदेखि व्यवहारिक रूपमा पहल गर्छौं।’ श्रम बजारमा जाने ठूलो जनसंख्याले रोजगारी नपाएकाले यो राजनीतिक मुद्दा बन्नुपर्ने उनको तर्क छ। विज्ञहरुलाई समेत बोलाएर छलफल गर्दै अरु दललाई पनि यो मुद्दामा सामेल गराउने थापाले बताए। युवाहरू विदेश गए भनेर चिन्ता व्यक्त गरे पनि स्वदेशमा रोजगारी सृजना गरेर रोक्ने पहल हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे। ‘श्रमको उचित मूल्य नपाउँदा पनि समस्या भइरहेको छ,’ थापाले भने, ‘कानुन बनाउनेदेखि रोजगारदाताको अपेक्षाअनुसार जनशक्ति उत्पादन गर्न पहल गर्छौं।’

नेपाली कांग्रेस पुस्तकालय तथा स्रोत केन्द्र विभागका संयोजक तथा केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीको संयोजनमा आयोजना गरिएको कार्यक्रममा विज्ञहरूको पनि सहभागिता रहेको थियो। कांग्रेस महामन्त्री विश्व प्रकाश शर्माले रोजगारी अब राजनीतिक दलको एजेण्डा बनेको बताए। ‘विगतमा पनि काम भइरहेको थियो,’ शर्माले भने, ‘अब रोजगारीको मुद्दालाई प्राथमिकताका साथ अघि बढाउछौं।’ 

रोजगारी सिर्जना र उद्यमशीलताला ईसँगसँगै अघि बढाउने शर्माले बताए। कांग्रेसले यो अभियान करिब एक वर्ष सञ्चालन गर्ने जनाएको छ। अभियान अन्तर्गत रोजगारी सिर्जनाका लागि नीतिगत तहमा छलफल, बजारको माग अध्ययन अनुसन्धान, रोजगारीका क्षेत्र, राज्य तथा निजी क्षेत्रले खेल्नुपर्ने भूमिका, राजनीतिक दलहरूसँग समन्वय गरेर सामूहिक एजेण्डा बनाउने लगायतका काम गर्ने कांग्रेसले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.