प्रतिगमनकारी शक्तिविरुद्ध एकताबद्ध हुन एकीकृत समाजवादीको आह्वान

प्रतिगमनकारी शक्तिविरुद्ध एकताबद्ध हुन एकीकृत समाजवादीको आह्वान
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीले गणतन्त्रविरुद्ध प्रतिगमनकारी र पुनरूत्थानवादी शक्तिहरूको चलखेलविरुद्ध एकताबद्ध हुन आह्वान गरेको छ।

सोमबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले राजावादीलगायत प्रतिगमनकारी र पुनरूत्थानवादीहरूले गणतन्त्रविरुद्ध चलखेल गरेको भन्दै यसका विरुद्ध एकताबद्ध हुन आह्वान गरेको हो। 

जनताको लामो संघर्ष र जननिर्वाचित संविधानसभाबाट स्थापित गणतन्त्रका विरूद्धको गतिविधिको विरोध गर्दै गणतन्त्रशक्तिहरूलाई एकताबद्ध हुन अपील गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए। वर्तमान गणतन्त्रको विकल्प उन्नतस्तरको गणतन्त्र नै हो भन्ने तथ्यमा जोड दिँदै आफ्ना काम र अभ्यासहरूको समेत गम्भीर आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्नेमा बैठकले जोड दिएको उनले बताए। 

त्यसैगरी बैठकले आगामी चैत १ गते बृहत् पत्रकार सम्मेलन गरी गणतन्त्र र संविधानको रक्षा एवं रोजगारी र सुशासनको निम्ति पार्टीले गर्न लागेको आन्दोलनको रूपरेखा एवं कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख ज्वालाले जानकारी दिए। ज्वालले मशानघाटमा पुगेको राजसंस्था ब्यँतिने कुनै सम्भावना नरहेको बताए। उनले परिवर्तनका विरुद्ध हुने चलखेल कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.