माओवादी अध्यक्ष प्रचण्डले भोलि संसदमा सम्बोधन गर्ने
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा विपक्षी दलका नेता प्रचण्डले मंगलबारको बैठकमा बोल्ने समय तय भएको हो।
एमालेका मुख्य सचेतक महेश बर्तौलाले सञ्चारकर्मीसँग कुरा गर्दै भोलिको बैठकमा प्रचण्डले बोल्नेगरी कार्यसूची तय भएको बताए। ‘पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेताले भोलि समय माग्नुभएको छ। उहाँले बोल्ने गरी समय निर्धारण भएको छ,' उनले भने।
प्रतिक्रिया दिनुहोस !