सशक्त कार्यक्रम गर्ने मोर्चाको तयारी, सिंहदरवारको बैठकमा के भयो?

सशक्त कार्यक्रम गर्ने मोर्चाको तयारी, सिंहदरवारको बैठकमा के भयो?
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारका कारण प्रतिक्रियावादीहरूले टाउको उठाउने मौका पाएको बताएका छन्। सिंहदरबारमा सोमबार बसेको समाजवादी मोर्चाको बैठकको तयारीसम्बन्धी छलफलपछि अध्यक्ष प्रचण्डले सरकारका कारण जनतामा निराशा छाएको र त्यसैलाई प्रतिक्रियावादीले फाइदा उठाउन खोजेको बताए। 

उनले अहिले भइरहेका गतिविधिको जिम्मेवारी सरकारले लिनुपर्ने बताए। सरकारको समस्या समाधानमा सरकारको ध्यान केन्द्रित हुन नसकेको र सेटिङमा व्यस्त रहेको उनको आरोप छ। गणतन्त्रवादीहरू एक भएर अघि बढ्ने विषयमा सल्लाह भइरहेको उनले बताए।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधानदेखि परिवर्तनसम्मलाई सिध्याउन खोज्ने गतिविधि निन्दनीय रहेको भन्दै इतिहासको रथ पछाडि फर्कन नसक्ने बताए। उनले मुलुक र जनताको हित राजसंस्थाबाट सम्भव नरहेको जिकिर गरे।

त्यस्तै नेपाल समाजवादीका नेता गंगा नारायण श्रेष्ठले समाजवादी मोर्चाको बैठक बोलाउनका लागि तयारीस्वरुप छलफल भएको बताए। उनले देश अप्ठ्यारो अवस्थामा धकेलिरहेको अवस्थामा समाजवादी मोर्चाका तर्फबाट सशक्त कार्यक्रम गर्ने तयारी भइरहेको बताए। उनले समाजवादी मोर्चाको बैठक मंगलबार बस्ने र आगामी कार्यक्रम तय गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.