संसद्को भूमिका अझ प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति

संसद्को भूमिका अझ प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका अझ प्रभावकारी बनाउनुपर्ने बताएका छन्। 

मंगलबार शितल निवासमा आयोजित कार्यक्रममा उनले संघीयता, सुशासन, पारदर्शिता र विधिको शासनलाई सुदृढका साथै सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

संसदलाई सार्वभौम जनताको आवाज मुखरित हुने थलोको रूपमा विकसित गर्न अग्रसरता र तत्परताको आवश्यक रहेको उनले बताए। राष्ट्रपति पौडेलले संसद्ले प्रभावकारी कानुन निर्माण, बजेट निर्माण, नीति निर्धारण र जनताका आवाज बुलन्द बनाउने थलोका रूपमा आफूलाई उभ्याउनुपर्ने धारणा राखे।

संसदले समावेशी, दीर्घकालीन र विकासमैत्री कानुनी संरचनाहरू निर्माण गर्न तथा र प्रभावकारी संसदीय निगरानीको प्रक्रिया अपनाउनुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ। राष्ट्रपति पौडेललाई पोखरा घोषणापत्र हस्तान्तरण गर्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदले बनाएका कानुन कार्यान्वयनको परीक्षण गर्न कानुनमा नै व्यवस्था गनुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.