खानेपानी मन्त्री यादव र मुख्यमन्त्री आचार्यबीच भेटर्वार्ता

खानेपानी मन्त्री यादव र मुख्यमन्त्री आचार्यबीच भेटर्वार्ता
सुन्नुहोस्

काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादव र लुम्बीनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यबीच खानेपानी आयोजनाका विषयमा छलफल भएको छ।

मुख्यमन्त्री आचार्यले लुम्बीनी प्रदेशमा संघीय सरकारको बजेटबाट सञ्चालन भइरहेका कतिपय खानेपानीका आयोजनाहरूमा ८० प्रतिशत काम सम्पन्न भएका तथा १५ देखि २० प्रतिशत रकम थपेर सम्पन्न हुने अवस्थामा रहेकाले ती आयोजना सम्पन्न गराउनका लागि आवश्यक बजेट विनियोजन गर्न आग्रह गरे।

'संघीय सरकारबाट लुम्बीनी प्रदेशमा खानेपानीका आयोजनामा करिब अढाइ करोडभन्दा बढी रकम लगानी भइसकेको छ। थोरै रकम अभावमा केही योजना सम्पन्न गर्न बाँकी छन्। ती योजना सम्पन्न गरिदिन रकमान्तर गरेर भएपनि बजेट विनियोजन गर्न मेरो आग्रह छ,' उनले भने।

 
लुम्बीनी प्रदेशमा कम्तिमा पनि एक, डेढ अर्बमात्रै बजेट विनियोजन भए संघीय सरकारबाट सञ्चालित खानेपानीका आयोजना सबै सम्पन्न हुने मुख्यमन्त्री आचार्यले जानकारी गराएका थिए। उनले भने, 'संघले सुरु गरेका खानेपानीका आयोजना संघले नै सम्पन्न गर्नु पर्ने हाम्रो माग छ। यात संघले बजेट थप दिनु पर्‍यो, होइन भने आफैं आयोजना सम्पन्न गर्नु पर्‍यो।'

उक्त अवसरमा मन्त्री यादवले थोरै रकमले काम सम्पन्न गर्न सकिने र नागरिकलाई शुद्ध खानेपानी वितरण गर्न सकिने खानेपानी आयोजनाका विषयमा प्रदेश सरकारले लिखितरूपमा मन्त्रालयमा जानकारी गराएको खण्डमा ती आयोजनाहरू सम्पन्न गराउनेतर्फ मन्त्रालय अघि बढ्ने बताए। उनले भने, 'बजेट अभाव छ। नयाँ योजना नराखौं। ८० प्रतिशत काम सम्पन्न भएका र थोरै लगानीमा पूर्व रूपमा काम सम्पन्न हुने अवस्थामा रहेका आयोजनाहरूका विषयमा जानकारी दिनुहोला। आयोजना सम्पन्न गर्न हाम्रोबाट पूर्ण सहयोग रहने छ।' 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.