राजावादीको प्रदर्शनबारे गगन थापाले भने- व्यवस्थालाई बलियो बनाउन सबै दल मिलौं

राजावादीको प्रदर्शनबारे गगन थापाले भने- व्यवस्थालाई बलियो बनाउन सबै दल मिलौं
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान विपरीत हुने कुनै पनि षड्यन्त्रविरुद्ध सबै दल एक भएर अघि बढ्नुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै महामन्त्री थापाले मुलुकको परिवर्तनविरुद्धको आक्रमण कुनै पनि हालतमा स्वीकार्य नभएको भन्दै संविधान विपरीत हुने कुनै पनि षड्यन्त्रविरुद्ध सबै दल एक भएर अघि बढ्नुपर्ने बताए।

विभिन्न कारणले जनता आक्रोशित भएको भन्दै उनले एकताबद्ध भएर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए। संविधान र लोकतन्त्रप्रति माओवादी अध्यक्ष प्रचण्डले राखेको प्रतिवद्धता सकारात्मक भएको भन्दै उनले संविधान र व्यवस्थाको रक्षाको लागि कांग्रेस दृढताका साथ उभिएको धारणा राखे।

महामन्त्री थापाले सत्तामा आफू हुँदा ठीक र आफू नहुँदा सबै बिग्रियो भन्ने भ्रम त्याग्नुपर्ने बताए। उनले संविधान निर्माण गर्ने दलहरू नै संविधानमा रहेका व्यवस्थाका विषयमा विभाजित हुनु उचित नभएको बताए। एक अर्कालाई दोष लगाउनुभन्दा पनि व्यवस्थालाई बलियो बनाउनका लागि साझा धारणा बनाउनुपर्ने उनले बताए।

त्यस्तै थापाले विभिन्न प्रकरणका विषयमा सदनमा उठेको भन्दै राज्यले गरेका अनुसन्धानमा असन्तुष्टि भए छानबिन समिति बनाउन छलफल गर्नुपर्ने उल्लेख गरे। उनले सरकारले पनि देश र जनतामा केन्द्रित भएर काम गर्नुपर्ने र जनतामा विश्वासको वातावरण बनाउन सक्नुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.